
शुक्रबार ०२ साउन, २०८२
सुनको मूल्य आज कति छ ?

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले घटेको छ। पछिल्लो केही दिनयता सुनको मूल्यमा वृद्धि भइरहँदा आज भने मङ्सिरको पहिलो दिन थोरै सुनको मूल्य घटेको हो।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार कायम भएको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। जसअनुसार आज चाँदी तोलामा एक हजार २८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
मंसिर १, २०७९ बिहीबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।