आज हल्का वर्षा र हल्का हिमपातको सम्भावना

आज हल्का वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण वर्षा र हिमपात हुने भएको हो।

यतिबेला देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर १, २०७९ बिहीबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।