यूएईको पोस्टमा अर्जेन्टिनाको पाँच गोल, डी मारियाले दुई र मेस्सीले एक गोल गरे

यूएईको पोस्टमा अर्जेन्टिनाको पाँच गोल, डी मारियाले दुई र मेस्सीले एक गोल गरे

काठमाडौं: यूएई र अर्जेन्टिनाबीच गए राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ। अर्जेन्टिनाले यूएईलाई ५-० गोलअन्तरले पराजित गरेको हो।

फिफा वरीयतामा तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले ७०औँ स्थानमा रहेको यूएईविरुद्ध विश्वकपअघि मैत्रीपूर्ण खेल खेलेको हो। खेलको पहिलो हाफमै अर्जेन्टिनाले यूएईको पोस्टमा चार गोल गरेको थियो।

अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो गोल गरेका थिए। यस्तै दोस्रो र तेस्रो गोल एन्जल डि मारियाले गरे। चौथो गोल लियोनल मेस्सीले गरे। पाँचौँ गोल दोस्रो हाफमा ह्वकिन कोरेराले गरे।

फिफा विश्वकप सुरु हुन अब तीन दिन बाँकी छ। अर्जेन्टिना विश्वकपको ग्रुप 'सी'मा परेको छ। अर्जेन्टिनाको पहिलो खेल २२ नोभेम्बरमा साउदी अरेबियाविरुद्ध रहेको छ।

मंसिर १, २०७९ बिहीबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।