बाँकेमा बम विस्फाेट, दुई जना घाइते

बाँकेमा बम विस्फाेट, दुई जना घाइते

नेपालगन्ज : बाँकेकाे एक घरमा बम विस्फाेट भएकाे छ।

नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरको जनस्वास्थ्य कार्यालयनजिकै एक घरमा प्रेसर कुकर बम पड्किँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा चन्द नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसी र धर्मराज बडुवाल रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीका अनुसार बम पड्काउनेमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ।

भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो। घटनामा संलग्न अन्य दुई जना फरार छन्।

घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ। अर्को प्रेसर कुकर बम भने डिस्पोज गर्न थालेको प्रहरीले जनाएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ भने घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

कात्तिक ३०, २०७९ बुधबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।