कनेक्ट आईपीएसको विन्टर अफर : खाता खोल्नेबित्तिकै २५ रूपैयाँ, १५ हजारसम्म जित्ने अवसर

काठमाण्डौं : कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीलाई थप प्रोत्साहन गर्न विन्टर अफर ल्याएको छ।
अफरअन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताले कनेक्ट आईपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा क्यासब्याक तथा छुट पाउन सक्नेछन्।
बैंकका ग्राहकले कनेक्ट आईपीएसको नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रूपैयाँको रिचार्ज प्राप्त गर्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै थप २५ रूपैयाँ क्यासब्याक पनि पाउनेछन्।
त्यसैगरी, कनेक्ट आईपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १ सय रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले अधिकतम १५ हजार रूपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।
कात्तिक ३०, २०७९ बुधबार २१:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।