पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं : पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।
त्रिपुरेश्वरस्थि दरशथ रंगशालामा भएको खेलमा अञ्जन विष्टको गोल नै निर्णायक बन्न पुग्यो।
खेलको ८३औं मिनेटमा सुनिल बलले पास गरेको बलमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई जित दिलाएका हुन्।
योसँगै उनले अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन्। यसअघि उनले बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए।
नेपालले प्रवेश कटुवालको प्रशिक्षण र रोहित चन्दको कप्तानीमा पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेलेको हो।
तीन वर्षपछि फिफाको निलम्बनबाट फुकुवा भएको पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नेपाललाई प्रस्ताव पठाएको थियो।
साेही प्रस्ताव स्वीकार गरेपछि मैत्रीपूर्ण खेल भएकाे हाे।
कात्तिक ३०, २०७९ बुधबार १९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।