अञ्जनकाे गाेलमा पाकिस्तानविरुद्ध नेपालकाे अग्रता

काठमाडौं : पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता बनाएको छ।
खेलको ८३औं मिनेटमा सुनिल बलले गरेको पासमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्।
योसँगै उनले अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन्।
उनले यसअघि बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए।
कात्तिक ३०, २०७९ बुधबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।