नेपाल-पाकिस्तान मैत्रीपूर्ण फुटबल : पहिलाे हाफ गाेलरहित बराबरी

नेपाल-पाकिस्तान मैत्रीपूर्ण फुटबल : पहिलाे हाफ गाेलरहित बराबरी

काठमाडौं : पाकिस्तान र नेपालको मैत्रीपूर्ण फुटबलको पहिलो हाफमा दुवै टीम गोलरहित बराबरीमा खेलिरहेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे फिफा क्यालेन्डरअनुसार भएको खेलमा दुवै तर्फबाट राम्रा अवसरहरू बनाए पनि कुनै पनि टीमले अंकमा बदल्न भने सकेका छैनन्।

तीन वर्षपछि फिफाको निलम्बनबाट फुकुवा भएको पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नेपाललाई प्रस्ताव पठाएको थियो।

पाकिस्तान निलम्बन फुकुवापछिको पहिलो अन्तर्राष्ट्रिय खेलमा विजयी हुँदै आफ्नो यात्रा तय गर्न चाहन्छ। यता नेपाल पनि घरेलु मैदानमा पाकिस्तानलाई हराउने दाउमा हुनेछ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेल भएकामा नेपालले ४ खेलमा जित निकालेको छ। यस्तै पाकिस्तानले ७ खेलमा जित निकालेको छ। पाँच खेल भने बराबरीमा टुङ्गिएको छ।

कात्तिक ३०, २०७९ बुधबार १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।