शेयर बजारमा दोहोरो अंकले वृद्धि

शेयर बजारमा दोहोरो अंकले वृद्धि

काठमाडौं : काराेबार हुने साताकाे चाैथाे दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ।

बुधबार बजार परिसूचक नेप्से १३.४० अंक (०.७१ प्रतिशत) ले वृद्धि भएर १९११.२६ अंकमा बन्द भएको छ।

यसदिन म्युचल फण्ड र व्यापार उपसूचक बाहेक सबै उपसूचकमा वृद्धि भएको छ। हाइड्रोपावर, विकास बैंक र वित्त कम्पनी उपसूचक भने १ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ।

बजार बढे पनि यसदिन कारोबार रकममा भने कमी आएकाे छ। मंगलबार १ अर्ब माथिको काराेबार भएकाेमा बुधबार २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजारको कारोबार भएको छ।

जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ६ करोड ३ लाख ३९ हजारको कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको ४ करोड १ लाख ९१ हजार र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख २६ हजारको कारोबार भएको छ।

कात्तिक ३०, २०७९ बुधबार १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।