रङ लगाउने क्रममा दुई तलामाथिबाट खसेर मृत्यु

रङ लगाउने क्रममा दुई तलामाथिबाट खसेर मृत्यु
फाइल तस्बिर

कास्की : रङ लगाउने क्रममा घरको दुईतला माथिबाट खसेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पोखरा महानरगपालिका–१० नागिन टोल बस्ने ३८ वर्षीय राजु खवास रहेका छन्। उनको मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका–१२ अन्नपूर्णटोलस्थित रामबहादुर गुरूङको घरमा रङ लगाउने क्रममा २ तला माथिबाट खसेर गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक ३०, २०७९ बुधबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।