चिर्पटले हानेर हत्या गरेको अभियोगमा एक युवक पक्राउ

मोरङ : चिर्पटले हानेर हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले एक युवकलाई पक्राउ गरेको छ।
बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका–५ बस्ने २४ वर्षीय राजेश सरदारलाई कात्तिक १८ गते राति प्रहरीले पक्राउ गरेको हो।
बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपसमा बादबिबादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ।
गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक ३०, २०७९ बुधबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।