मोटरसाइकलमा आएका ६ जनाको समूहद्वारा गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको गाडीमा ढुङ्गा प्रहार

मोटरसाइकलमा आएका ६ जनाको समूहद्वारा गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको गाडीमा ढुङ्गा प्रहार

काठमाडौं: सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको कारमा ढुङ्गा प्रहार भएको छ। चितवन- २ का उम्मेदवार श्रेष्ठको बा३च २०५० नम्बरको प्राडोमा आज बिहान एक समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको हो।

चुनावी प्रचारका क्रममा रहेका भरतपुर महानगरपालिका–१० मा पुगेका श्रेष्ठको गाडिमाथि आज बिहान ११ बजेतिर रोकिराखेको अवस्थामा तीन वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले ढुंगा हानेर अगाडिको सिसा फुटाएका हुन्।

प्रहरीले ढुङ्गा प्रहार गर्ने समूहको खोजी गरिरहेको र उनीहरूको पहिचान हालसम्म नभएको जनाएको छ।

ढुङ्गा प्रहार भएको समयमा श्रेष्ठ गाडीबाट ओर्लिसकेका र अन्य व्यक्ति पनि गाडीभित्र नभएको हुनाले कसैलाई चोटपटक लागेको छैन।

कात्तिक ३०, २०७९ बुधबार १३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।