१९२ रनको लक्ष्य पछ्याएको नेपालले शून्य रनमै गुमायो पहिलो विकेट

१९२ रनको लक्ष्य पछ्याएको नेपालले शून्य रनमै गुमायो पहिलो विकेट
तस्बिर: एससिक्सर एप

काठमाडौं: नेपाल र यूएईबीच जारी दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ४३ ओभर २ बलमा १९१ रनमा समेटिदियो। यूएईले आफ्नो सबै विकेट गुमाउँदै नेपाललाई १९२ रनको लक्ष्य दियो।

यूएईका लागि मुहम्मद वासिमले ५० रनको अर्धशतकीय पारी खेले। अलिशन शराफुले ३५ र भ्रित्य अरबिन्दले २५ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए। यस्तै ललित राजवंशीले पनि ३ विकेट लिए। करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट हात पारे।

पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालका लागि आजको खेलमा जित अनिवार्य छ। यता यूएईले आजको खेल जितेमा एक खेलअगावै श्रृङ्खला उसैले कब्जा गर्नेछ।

हाल तीन ओभरको खेल सकिँदा नेपालले १ विकेट गुमाइसकेको छ भने जम्मा ९ रन बनाएको छ। नेपालका विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पभेलियन फर्केका हुन्। चार बल खेलेर शून्य रनमा उनी आउट भएका हुन्।

कात्तिक ३०, २०७९ बुधबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।