मध्यपुरथिमिको एक घरमा आगलागी हुँदा प्यारालाइसिस भएकी अस्मिताको मृत्यु, एक जना घाइते

मध्यपुरथिमिको एक घरमा आगलागी हुँदा प्यारालाइसिस भएकी अस्मिताको मृत्यु, एक जना घाइते

काठमाडौं: मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोल बस्ने ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आज बिहान आगलागी भएको छ। आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान करिब ८ बजे भएको आगोलागीमा परेर आत्मारामकी प्यारालाइसिस र सुस्तमनस्थिति भएकी छोरी २५ वर्षीया अस्मिताको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसीलाई भने उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको छ।

बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको र क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जानकारी दिएको छ।

कात्तिक ३०, २०७९ बुधबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।