आफूलाई मतदाताले प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको प्रकाशमानको दावी

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं- १ का उम्मेदवार प्रकाशमान सिंहले मतदाताले आफूलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको बताएका छन्। आज बिहान घरदैलो कार्यक्रममा बोल्दै उनले मतदाताले अब पनि आफूलाई नै चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रूपमा हेर्न चाहेको दावी गरेका थिए।
पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले काठमाडौं क्षेत्र नं १ भित्र भएका सार्वजनिक जग्गा अनाधिकृत रूपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्क बनाउने आफ्नो योजना रहेको पनि बताएका थिए। यस्तै संवैधानिक निकायमा राजनीतिकरण गर्न नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताएका थिए।
यसका साथै सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने उनको दावी छ। मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै उनले सो काम आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि बताए।
कात्तिक ३०, २०७९ बुधबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।