स्किल सेवाले ल्यायो बेटा भर्जनको एप: घरबहाल सम्झौता दुई मिनेटमै, कोठा खोज्न विचौलिया पनि नचाहिने

स्किल सेवाले ल्यायो बेटा भर्जनको एप: घरबहाल सम्झौता दुई मिनेटमै, कोठा खोज्न विचौलिया पनि नचाहिने

काठमाडौं: स्किल सेवाले आफ्नो एपको बेटा भर्जन सार्वजनिक गरेको छ। एपको प्रयोगबाट डेरावालसँग घरभेटीले मोबाइलबाट दुई मिनेटमै सम्झौतापत्र बनाउनसक्ने कम्पनीको दावी छ।

यसका साथै महिनावारी बहाल रकम, विद्युत्‌को खर्च, पानी, फोहोर संकलन जस्ता अन्य रकमहरू पनि डिजिटलरूपमा एपमै राख्न सकिने कम्पनीले जनाएको छ।

'सेवा एप कस्टुमर' र 'सेवा एप प्रोभाइडर' गरी दुई वटा एपको बेटा भर्जन कम्पनीले सार्वजनिक गरेको हो। कस्टुमर एप घरबेटीलक्षित गरेर बनाइएको हो भने प्रोभाइडर प्लम्बर ,इलेक्ट्रिसियन, पेन्टर जस्ता सेवा दिने दक्ष जनशक्तिको लागि बनाइएको एप हो। जसमा रजिष्टर गरेर सेवा दिने व्यक्तिले यो एपमार्फत निरन्तर काम पाउने र पैसा उठाउनको लागि कुनै पनि किसिमको झन्झट नहुने कम्पनीको दावी छ।

यसका साथै कस्टुमर एपमार्फत घरभेटीले कोठा खाली भए/नभएको जानकारी एपमा सजिलैसँग अपडेट गर्न पाउने भएकाले यसले पछिल्लो समय काठमाडौंमा कोठा खोजिदिने नाममा भइरहेको विचौलियातन्त्रलाई समेत अन्त्य गर्ने कम्पनीको दावी छ।

कात्तिक ३०, २०७९ बुधबार ११:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।