नेपाल-यूएई दोस्रो एकदिवसीय: नेपाल बलिङ गर्दै, जित अनिवार्य

काठमाडौं: यूएई र नेपालबीच जारी तीन खेलको एकदिवसीय श्रृङ्खलामा आज दोस्रो खेल हुँदैछ। आजको खेलमा टस जितेर यूएईले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
हाल खेलमा पाँचौँ ओभर सकिँदा यूएईले ३६ रन बनाएको छ। यूएईको कुनै पनि विकेट गुमेको छैन।
आजको खेलमा नेपालले जित निकाल्य अनिवार्य छ। यसअघि सोमबारको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएसँगै तीन खेलको श्रृङ्खलामा नेपाल १-० ले पछि छ। आजको खेलमा नेपालले जित हात नपारे श्रृङ्खला यूएईले एक खेलअगावै कब्जा गर्नेछ।
यूएई र नेपालबीच तेस्रो एकदिवसीय खेल शुक्रबार हुनेछ।
कात्तिक ३०, २०७९ बुधबार ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।