नेपाली राष्ट्रिय फुटबल टोलीले आज पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले आज पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै
तस्बिर: एन्फा

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल हुनेछ।

तीन वर्षपछि फिफाको निलम्बनबाट फुकुवा भएको पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नेपाललाई प्रस्ताव पठाएको थियो। सोहीअनुसार आज मैत्रीपूर्ण खेल हुन लागेको हो।

पाकिस्तान निलम्बन फुकुवापछिको पहिलो अन्तर्राष्ट्रिय खेलमा विजयी हुँदै आफ्नो यात्रा तय गर्न चाहन्छ। यता नेपाल पनि घरेलु मैदानमा पाकिस्तानलाई हराउने दाउमा हुनेछ।

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेल भएकामा नेपालले ४ खेलमा जित निकालेको छ। यस्तै पाकिस्तानले ७ खेलमा जित निकालेको छ। पाँच खेल भने बराबरीमा टुङ्गिएको छ।

कात्तिक ३०, २०७९ बुधबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।