प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली भू-भागका केही स्थानमा हिमपात हुनसक्ने जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण हिमपातको सम्भावना रहेको हो।

यतिबेला प्रदेश १, बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कात्तिक ३०, २०७९ बुधबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।