झापामा बसले ठक्कर दिँदा माेटरसाइकलमा सवार मैनाली दम्पतीको मृत्यु

झापा : जिल्लामा बसकाे ठक्करबाट दम्पतीकाे मृत्यु भएकाे छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मंगलबार अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे७प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको हाे।
कात्तिक २९, २०७९ मंगलबार २१:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।