आईपीएलका दुई टोलीले रिलिज गरे आफ्ना कप्तान

आईपीएलका दुई टोलीले रिलिज गरे आफ्ना कप्तान

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल)मा फ्रेन्चाइजी टीमहरूले आ–आफ्नो टीम बनाउन थालेका छन्।

नयाँ खेलाडी लिलामी गर्नका लागि टीमहरूले केही खेलाडीलाई रिलिज गर्दैछन्।

यसैबीच सनराइजर्स हैदरावादले कप्तान केन विलियमसनलाई रिहा गरेको छ भने पञ्जाब किङ्स इलेभेनले पनि कप्तान मयंक अग्रवाललाई रिलिज गर्ने निर्णय गरेको छ।

आईपीएल २०२३ को आगामी सिजनका लागि खेलाडीको लिलामी २३ डिसेम्बरमा कोच्चिमा हुनेछ।

यसअघि एक टिमले ९० करोड रूपैयाँ खर्च गर्न पाउनेमा यसपटकको मेगा अक्सनमा भने रकम पनि बढेर ९५ करोड रुपैयाँ पुगेको छ।

मेगा अक्सनअघि फ्रेन्चाइजीहरूले केही खेलाडी रिलिज गरिरहेका छन् भने केहीलाई रिटेन गरिरहेका छन्।

कात्तिक २९, २०७९ मंगलबार २१:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।