फेरि हल्लियाे सुदूरपश्चिम, अछाम केन्द्रविन्दु भएर भूकम्प

काठमाडाैं : अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।
पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम बढेको छ।
केही दिन अघि मात्र दुईवटा भूकम्पमा परेर सुदूरपश्चिममा सात जनाको मृत्यु भइसकेको छ।
कात्तिक २९, २०७९ मंगलबार २०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।