थप १४ जनामा कोरोना पुष्टि, ४१ हजारले लगाए खाेप

काठमाडौं : नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ हजार ३३० जनामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त हुँदा ४१ हजार २४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभर ४९१ जना कोरोनासंक्रमित छन्। पछिल्लो २४ घण्टामा कोरोनाका कारण मानवीय क्षति भएको छैन।
कात्तिक २९, २०७९ मंगलबार १६:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।