६ अंकले घट्यो नेप्से, हिमालयन डिस्टिलरीको बढि कारोबार

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ।
मंगलबार नेप्से परिसूचक ६ अंकले घटेर १८९७ विन्दुमा हुँदा ठूला कम्पनीको कारोबार हेर्ने सेन्सेटिभ परिसूचक १ अंकले घटेर ३७३ विन्दुमा छ।
नेप्से घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। यसदिन २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाखको कारोबार भएको छ।
१३ उपसूचकमध्ये निर्जीवन बीमा, व्यापार र बैंकिङ्ग समूह बढ्दा अन्य सबै समूह राताम्मे भएका छन्। फाइनान्स समूहका लगानीकर्ताले आज १.६१ प्रतिशतले गुमाउँदा व्यापार समूहका लगानीकर्ताले ०.३ प्रतिशतले कमाएका छन्।
यसदिन सबैभन्दा बढि कारोबार हिमालयन डिस्टिलरीको भएको छ। यसको ८ करोड २२ लाख रूपैयाँ कारोबार हुँदा दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ।
कात्तिक २९, २०७९ मंगलबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।