तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी ३० ले

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज प्रतितोला एक हजारले सुनको मूल्यमा वृद्धि भएको हो।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० कायम छ।
त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले बढेको छ। आज चाँदी तोलामा एक हजार ३२५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।
कात्तिक २९, २०७९ मंगलबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।