सल्लाघारीमा पानी ट्याङ्करसँग मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

काठमाडौं: भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करसँग मोटसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक गम्भीर घाइते भएका छन्।
बागमती प्रदेश-०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोकिँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि –३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
कात्तिक २९, २०७९ मंगलबार १०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।