लुम्बिनीका भावी मुख्यमन्त्रीका दावेदार गिरी, जसले पहिलो कार्यकालमै उल्लेखनीय काम गरे

लुम्बिनीका भावी मुख्यमन्त्रीका दावेदार गिरी, जसले पहिलो कार्यकालमै उल्लेखनीय काम गरे

बुटवल: रुपन्देहीको शंकरनगर गाउँ विकास समितिमा बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्ष निर्वाचित भएका लीला गिरी लुम्बिनी प्रदेश सरकारमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा पर्यटनमन्त्री बने। लुम्बिनी प्रदेश सरकारमा ०७४ चैत ५ गतेदेखि ०७८ वैशाख ६ गतेसम्म सुरुमा उद्योग, वन, पर्यटन र वातारणमन्त्री, आन्तरिक मामिला तथा कानूनमन्त्री र स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी उनले बहन गरे।

उनै गिरी अहिले लुम्बिनी प्रदेशमा एमालेबाट भावी मुख्यमन्त्रीको दावेदारको रूपमा चुनावी मैदानमा उत्रिएका छन्। रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभामा उम्मेदवार भएका नेता गिरी गठबन्धनका नेता दीर्घ केसीविरुद्ध चुनावी प्रतिस्पर्धामा छन्।

मन्त्री हुँदा बुटवलको कालिका पथलाई नमूना आन्तरिक र रणनीतिक बाईपास सडकका रूपमा विस्तार र स्तरोन्नति, बुटवल-तिलोत्तमा चक्रपथ निर्माण, आन्तरिक र बाईपासका विभिन्न रणनीतिक महत्त्वका सडकहरूको विस्तार र स्तरोन्नतिको पहल गरेका गिरी आफूले विगतमा गरेका कामहरूकै आधारमा आफ्नो जित सुनिश्चित भएको बताउँछन्।

खेलकुदलाई उच्च प्राथमिकता राख्दै सात अर्ब लागतको उजीरसिंह रंगशाला निर्माण प्रारम्भ, बुटवल र तिलोत्तमामा विभिन्न स्थानमा खेलकुदका पूर्वाधार निर्माण तथा विस्तार समेत उनकै पहलमा भएको थियो।

पर्यटनमन्त्री हुँदा लुम्बिनीलाई केन्द्रमा राख्दै पर्यटन प्रवर्द्धनको योजना कार्यान्वयन गराउन सफल भएका गिरीले सरकार गठन भएको पहिलो वर्ष नै लुम्बिनी भ्रमण वर्ष २०७६ कार्यक्रम घोषणा गर्दै बुद्धसँग सम्बन्धित क्षेत्रहरू लुम्बिनी, देवदह र तिलौराकोटमा बुद्धपरम्परा मनाउने महत्त्वपूर्ण कार्यक्रम सुरु गरेका थिए।

त्यसबाहेक खेलकुदलाई उच्च प्राथमिकता राख्दै सात अर्ब लागतको उजीरसिंह रंगशाला निर्माण प्रारम्भ, बुटवल र तिलोत्तमामा विभिन्न स्थानमा खेलकुदका पूर्वाधार निर्माण तथा विस्तार समेत उनकै पहलमा भएको थियो। 

साथै बुटवल–१५, सेमलारमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक कभर्ड हल निर्माण गर्नुका साथै लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालमा स्तरोन्नति र व्यवस्थापन, सबै जिल्ला अस्पताललाई १०० बेडमा स्तरोन्नति, सुत्केरी, गर्भवती र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा समेत आफ्नो पहलमा भएको उनको दावी छ।

‘शहरी कृषि प्रवर्द्धन र ग्रामीण कृषिमा विविधिकरण, किसानलाई बिनाधितो निब्यार्जी ऋणको सुरुआत, कृषिको बजारीकरणका लागि हरेक जिल्लामा कृषि सहकारी बजार, कृषि उत्पादनमा आधारित अनुदान दिन सुरुआत, व्यवसायिक कृषिका लागि हरेक निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँको सुरुआत हाम्रो पालामा भयो। भूमिहीनलाई लिजमा खेतीयोग्य जग्गा र लिजमा समेत अनुदानको प्रबन्ध, हरेक जिल्लामा कृषि चिस्यान केन्द्र स्थापना समेतका कामहरू गरेर प्रदेशलाई समृद्ध बनाउन लागेको सबैलाई थाहै छ’, उनले भने।

साथै रुपन्देही- २ (क) का लागि चालु आवमै करिब एक सय वटा योजना र तिनका लागि झण्डै डेढ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको समेत उनले बताए। बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाका विभिन्न वडाहरूमा केन्द्रित गर्दै झण्डै एक सय वटा योजनाहरू छनोट गरी कार्यान्वयन भइरहेका छन्।

लुम्बिनी प्रदेश सरकारको संस्थापक मन्त्रीका रूपमा नियुक्त भएपछि गिरीले वन र पर्यावरणको संरक्षण गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने पहिलो निर्णय समेत गरेका थिए। 

'जनताले सबै विषयमा चासो राख्दैनन्। केबल आफ्नो दैनिकी र भान्सासँग सम्बन्धित विषयमा अफ्ठेरो परेको महसुस जनतामा हुनेगर्छ। सामान्य विषयमा पनि राज्यको उपलब्धता हुँदा जनताका समस्या समाधानमा सहायक बन्न सक्छ। हामीले त्यही भएर अब जनताको अवस्था फेर्ने कामको अगुवाई गर्नुपर्ने छ’, उनले भने।

प्रदेशमा औद्योगिकीकरण, पर्यटन प्रवर्द्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व वृद्धि एवम् स्वच्छ वातावरणका कार्यक्रम बनाएको उनको दावी छ।

उनले जनताको अवस्था बदल्ने काम अझै पूरा हुन बाँकी रहेकाले आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

‘व्यवस्था बदलिएसँगै सुरु भएका समृद्धिलक्षित कामलाई पूर्णता दिनुपर्ने छ। प्रदेश सरकारमा रहेका बेलामा हामीले लुम्बिनी प्रदेशका समृद्धिका आधारहरू पहिल्याएका छौँ। ती आधारहरूलाई कसरी साकार पार्न सकिन्छ भन्ने कार्यक्रम समेत तयार पारेर अघि बढेका थियौँ। तर, सरकार बीचमै ढालियो, कतिपय योजनाहरू अधुरै रहे', उनले भने।

उनले चुनावपछि अधुरा योजनालाई पूर्णता दिन सकिने पनि दावी गरे।

'जनताले सबै विषयमा चासो राख्दैनन्। केबल आफ्नो दैनिकी र भान्सासँग सम्बन्धित विषयमा अफ्ठेरो परेको महसुस जनतामा हुनेगर्छ। सामान्य विषयमा पनि राज्यको उपलब्धता हुँदा जनताका समस्या समाधानमा सहायक बन्न सक्छ। हामीले त्यही भएर अब जनताको अवस्था फेर्ने कामको अगुवाई गर्नुपर्ने छ’, उनले भने।

गिरी नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका सह–इन्चार्ज समेत हुन्।

कात्तिक २९, २०७९ मंगलबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।