विश्वकपको तयारीका लागि प्याट कमिन्सले आईपीएल नखेल्ने

एजेन्सी: अष्ट्रेलिय स्टार बलर प्याट कमिन्सले आगामी आईपीएल नखेल्ने निर्णय गरेका छन्। आउँदो १२ महिना आफ्नो तालिका निकै व्यस्त भएकाले आईपीएल नखेल्ने उनले निर्णय गरेका हुन्।
अष्ट्रेलियाको टेस्ट र एकदिवसीय फर्म्याटका कप्तान समेत रहेका कमिन्सले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी हुनुपर्ने भएकाले त्यसअघि आरामको लागि आईपीएलमा सहभागी नहुने भनेका हुन्।
आईपीएलमा उनी कोलकाता नाइट राइडर्सको टोलीमा छन्। उनलाई कोलकाताले ७.२५ करोड भारुमा किनेको थियो।
राइट-आर्म फास्ट बलर कमिन्सले विशेषतः इङ्ग्ल्याण्डविरुद्धको एशेज सिरिज सन् २०२३ मा हुने एकदिवसीय विश्वकपको तयारीका लागि यस्तो निर्णय गरेका हुन्।
कमिन्सले आउँदो जुन महिनामा हुने एशेजमा र अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकपमा अष्ट्रेलियन टोलीको नेतृत्त्व गर्नेछन्।
कात्तिक २९, २०७९ मंगलबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।