भारत लैजान्छु भनि गेष्ट हाउसमा लगेर बालिका बलात्कार, भारतीय नागरिक पक्राउ

ललितपुर : बालिका बलात्कारको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत मोतिहारी पताही थाना देवापुर–९ लसनिया घर भई काठमाडौं महानगरपालिका–१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेख रहेका छन्। उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले फेला पारी सोधपुछ गर्दा घटना खुलासा भएको हो।
शेखले बालिकालाई फकाएर भारत घरमा लैजान्छु भन्दै प्रलोभनमा पारी सोही गेष्ट हाउसमा बलात्कार गरेको प्रहरी वृत्त जावालाखेलले जनाएको छ।
प्रहरीले उनलाई सोही गेष्ट हाउसबाट पक्राउ गरेको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक २८, २०७९ सोमबार १९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।