सानिमा बैंकले ल्यायो भिसा डाइरेक्ट सेवा

काठमाडौं : सानिमा बैंकले सानिमा भिसा इाइरेक्ट सेवा ल्याएको छ। यो सेवामार्फत् ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन्।
विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमबाट बाट सजिलै रकमान्तर गर्न सकिने बैंकले जनाएको छ। यो सेवा बैंकले भिसा इन्टरनेशनलसँगको सहकार्यमा प्रदान गरेको हो।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन्।
कात्तिक २८, २०७९ सोमबार १९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।