एक दिवसीय सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हरायो

एक दिवसीय सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हरायो

काठमाडौं : तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले हराएको छ।

२६४ रनको विजय लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७९ रनमा समेटिएपछि युएईले सिरिजको पहिलो खेल जितेको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४, अर्जुन साउदले ५१, आशिफ शेखले १२ रन बनाएर आउट हुँदा गुल्सन झा र ललित राजवंशीले अविजित रहँदै क्रमशः १९ र ६ रन बनाए।

बलिङतर्फ युएईका आयन अफ्जल खानले चार, बसील हमीदले दुई तथा अहमद राजा, रोहन मुस्तफा र जहुर खानले समान एक–एक विकेट लिए।

त्यसअघि कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो।

उसका लागि रोहन मुस्तफाले ५३, मोहम्मद वसीमले ४४, भ्रित्य अरविन्दले ४०, अलिसान शराफुले २९, आयन अफ्जल खानले २६, बसील अहमदले १४ रन बनाउँदा अहमद राजाले अविजित रहँदै २७ रन बनाए।

बलिङतर्फ नेपालका गुल्सन झाले दुई तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक–एक विकेट लिए।

दाेस्राे एक दिवसीय खेल बुधबार  विहान ९ बजे हुनेछ।

कात्तिक २८, २०७९ सोमबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।