‘सत्ता गठबन्धन फराकिलो मतले विजयी हुन्छ, कांग्रेस नेतृत्त्वमा सरकार बन्छ’

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने दाबी गरे।
‘सत्ता गठबन्धन फराकिलो मतले विजयी हुन्छ,’ प्रवक्ता महतले भने, ‘कांग्रेस नेतृत्त्वमा सत्तारुढ गबन्धनकै सरकार बन्छ।’
महतले मुलुकलाई स्थिरतासहित उन्नतिको दिशामा अघि बढाउन र संविधानको रक्षाका लागि पनि सत्तारुढ गठबन्धनको विकल्प नभएको बताए।
कात्तिक २८, २०७९ सोमबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।