एकै दिन ८० हजार भन्दा धेरैलाई कोरोनाविरुद्धको खोप

काठमाडौं : नेपालमा थप ८० हजारभन्दा धेरै मानिसले कोरोनाविरुद्धको खोप लगाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ८० हजार ४८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्।
यस्तै, १ हजार ४२५ जनामा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस अवधिमा २३ जना संक्रमणमुक्त हुँदा ४९९ जना देशभर सक्रिय संक्रमित छन्।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा कुनै पनि मानवीय क्षति भएको छैन।
कात्तिक २८, २०७९ सोमबार १५:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।