ललितपुर–३ मा तोसिमाको उम्मेदवारी कायम, सर्वोच्चले भन्यो– ‘अन्तरिम आदेश बदर गरिरहन परेन’

ललितपुर–३ मा तोसिमाको उम्मेदवारी कायम, सर्वोच्चले भन्यो– ‘अन्तरिम आदेश बदर गरिरहन परेन’

काठमाडौं : ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो।

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको थियो।

कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत गएको थियो।

आयोगको उक्त निवदेनमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले पुरानै आदेशलाई निरन्तरता दिने आदेश गरेको हो।

आदेशमा भनिएको छ, ‘नेपाल मेडिकल काउन्सिलको निर्वाचित पदलाई लाभको पद मान्न मिल्ने देखिएन, निर्वाच आयोगको माग बमोजिम कात्तिक १५ गते जारी भएको अन्तरिम आदेश बदर गरिरहन परेन।’

कात्तिक २८, २०७९ सोमबार १५:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।