सिराहामा पौडी खेल्ने क्रममा डुबेर तीन भारतीय बालककाे मृत्यु

सिराहामा पौडी खेल्ने क्रममा डुबेर तीन भारतीय बालककाे मृत्यु

सिरहा : जिल्लामा खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु भएको छ।

मिर्चैया नगरपालिका-१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

मृत्यु हुनेहरूमा सोही भट्टामा काम गर्ने भारत पुरनिया थाना खरानचिहत-२७ बस्ने खुशिद आलमको छोराहरू १२ वर्षीय अलि हसन तथा १० वर्षीय नबि हसन र भारत अरहरीया थाना जोगबनी मिरगंज-२२ बस्ने नन्दलाल दासका छोरा १० वर्षीय नितेशकुमार दास  छन्।

पौडी खेल्ने क्रममा डुबेर अलिहसन र नबि हसनको घटनास्थलमै मृत्यु भएको थियो भने नितेश कुमारको मंगलम अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

कात्तिक २८, २०७९ सोमबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।