ससुरालीबाट घर फर्कँदै गर्दा भीरबाट लडेर मृत्यु

ओखलढुङ्गा : जिल्लामा एक पुरुषको ससुरालीबाट घर फर्कँदै गर्दा भीरबाट लडेर मृत्यु भएको छ।
खिजिदेम्बा गाउँपालिका–६ दुब्ले बस्ने ५५ वर्षीय गोपाल तामाङ सोही गाउँपालिका–६ स्थित थारे भीरमा आइतबार मृत अवस्थामा फेला परेका हुन्।
खिजिदेम्बा गाउँपालिका–६ थारेस्थित ससुराली घरबाट शनिबार आफ्नो घर फर्किएका उनी आइतबार बिहानसम्म घर नआएपछि खोजी गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कात्तिक २८, २०७९ सोमबार १२:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।