पाहुना आएका मामाकाे दाउले हानेर हत्या, एक युवक पक्राउ

मोरङ : पाहुना आएका मामाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ४२ वर्षीय काजी मोहराको हत्या अभियोगमा उर्लाबारी नगरपालिका–८ बस्ने २२ वर्षीय सुजन पाचकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
उर्लाबारी नगरपालिका–८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका काजी मोहरालाई घरायसी वादविवादको क्रममा सुजनले दाउ प्रहार गरेका हुन्।
दाउ प्रहारबाट गम्भीर घाइते भएका मोहरालाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २८, २०७९ सोमबार १२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।