पहिलो एक दिवसीय क्रिकेटमा युएईले दियाे २६४ रनको लक्ष्य

पहिलो एक दिवसीय क्रिकेटमा युएईले दियाे २६४ रनको लक्ष्य

काठमाडौं : तीन खेलकाे एक दिवसीय सिरिज अन्तर्गतकाे पहिलाे खेलमा युएईले २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

उसका लागि रोहन मुस्तफाले ५३, मोहम्मद वसीमले ४४, भ्रित्य अरविन्दले ४०, अलिसान शराफुले २९, आयन अफ्जल खानले २६, बसील अहमदले १४ रन बनाउँदा अहमद राजाले अविजित रहँदै २७ रन बनाए।

बलिङतर्फ नेपालका गुल्सन झाले दुई तथा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक–एक विकेट लिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

कात्तिक २८, २०७९ सोमबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।