तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा रु ९७ हजार २०० कायम भएको छ। आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेको छ। आज चाँदी तोलामा रु एक हजार २९५ तोकिएको महासङ्घले जनाएको छ।

कात्तिक २८, २०७९ सोमबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।