दाउले हानेर आफ्नै मामाको हत्या, घटनामा संलग्न पक्राउ

दाउले हानेर आफ्नै मामाको हत्या, घटनामा संलग्न पक्राउ

मोरङ: धारिलो हतियार दाउले हानेर एक जनाले आफ्नै मामाको हत्या गरेका छन्। हिजो राति ११:४० मा उर्लाबारी नगरपालिका वडा नं. ८ स्थित कल्पना पाचकोटीको घरमा पाहुना आएका जिल्ला मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने ४२ वर्षीय काजी मोहराको हत्या भएको हो।

उनलाई आफ्नै भान्जा २२ वर्षीय सुजन पाचकोटीले घरायसी वादविवादको क्रममा दाउले टाउकोमा प्रहार गरी घाइते बनाएका थिए। उनको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारे उर्लाबारीमा आज बिहान १:०२ बजे मृत्यु भएको हो।

घटनामा संलग्न सुजन पाचकोटीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिसकेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।

कात्तिक २८, २०७९ सोमबार १०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।