राजनीतिका माहिर खेलाडी बोहोरा, गृहमन्त्री खाँण नै प्रतिस्पर्धी हुँदा पनि किन छन् मौन ?

राजनीतिका माहिर खेलाडी बोहोरा, गृहमन्त्री खाँण नै प्रतिस्पर्धी हुँदा पनि किन छन् मौन ?

बुटवल: राप्रपा–एमाले-जसपा गठबन्धनबाट रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा पुराना राजनीतिक खेलाडी हुन्। जित-हार व्यहोर्दै आए पनि बोहोरा वर्षौँदेखि यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धी हुन्।

०७४ सालको निर्वाचनमा उनलाई तत्कालीन एमाले नेता घनश्याम भुसालले हराए। यसपटक उनी वहालवाला गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणविरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन्। 

तर, माहिर राजनीतिक खेलाडी बोहोरा यसपटक सुस्त देखिएका छन्। चर्को भाषण गरेर मतदाता रिझाउन सिपालु बोहोरा यसपटक निर्वाचन मिति नजिकै आइपुग्दा समेत मौन छन्।

यहाँ आयोजित कार्यक्रममा सहभागी भए भने बोहोरा आफ्नो कुरा राख्दैनन्। सुन्छन् मात्रै। उनको प्रतिनिधित्व गरेर थापा र राप्रपा नेता स्वाति थापाले दलको विचार सार्वजनिक गर्दै आएका छन्।

कारण- उनको स्वास्थ्य हो। बोहोरानिकटका अनुसार घाँटीमा उत्पन्न समस्याका कारण उनी अहिले ‘भ्वाइस रेष्ट’मा छन्। 

एक साताअघि राप्रपा गठबन्धनको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै राप्रपा नेता निरञ्जन थापाले चिकित्सकको सल्लाहबमोजिम बोहोरा अहिले ‘भ्वाइस रेष्ट’मा रहेको जानकारी दिएका थिए। 

‘बोहोरा जी अहिले भ्वाइस रेष्टमा हुनुहुन्छ’, उनले भने, ‘मंसिर १२ गतेपछि उहाँ बोल्नु हुनेछ।’ 

यहाँ आयोजित कार्यक्रममा सहभागी भए भने बोहोरा आफ्नो कुरा राख्दैनन्। सुन्छन् मात्रै। उनको प्रतिनिधित्व गरेर थापा र राप्रपा नेता स्वाति थापाले दलको विचार सार्वजनिक गर्दै आएका छन्।

केही दिनअघि रुपन्देहीमा एक टेलिभिजनले आयोजना गरेको बहसमा समेत बोहोरा सहभागी हुन सकेनन्। उक्त कार्यक्रममा गृहमन्त्री खाँण, पूर्वअर्थमन्त्री तथा रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेल, रुपन्देही–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार घनश्याम भुसाल लगायत नेता सहभागी थिए।

‘गणेशमानसिंहबाट अहिलेका नेताले सिक्नुपर्छ’, उनले भने, ‘आफ्नो स्वास्थ्य राम्रो नहुँदा जनताको सेवा कसरी सम्भव हुन्छ।’ थला परुञ्जेल राजनीति गरिरहने चलनको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

उक्त कार्यक्रममा बोहोराको प्रतिनिधित्व गर्दै पूर्व गृहराज्यमन्त्री समेत रहेका थापाले आफ्नो भनाइ राखेका थिए। उक्त कार्यक्रममा प्रतिस्पर्धीको सामाना गर्न नपाएपछि गृहमन्त्री खाँणले असन्तुष्टि व्यक्त गरेको एक सहभागीले जानकारी दिए।

पञ्चायतकालदेखि राजनीति गर्दै पटक-पटक लाभको पदमा पुगिसकेका बोहोराको स्वास्थ्यलाई लिएर सत्ता गठबन्धन आबद्ध नेताले भने चिन्ता व्यक्त गरेका छन्।

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका एक नेताका अनुसार ०४६ सालको जनआन्दोलनपछि सर्वोच्च नेता गणेशमान सिंहलाई प्रधानमन्त्री पद लिन दबाब थियो। तर, आफ्नो बिग्रदो स्वास्थ्यलाई ख्याल राख्दै सिंहले प्रधानमन्त्री हुन अस्वीकार गरेको उनले सुनाए। 

‘गणेशमानसिंहबाट अहिलेका नेताले सिक्नुपर्छ’, उनले भने, ‘आफ्नो स्वास्थ्य राम्रो नहुँदा जनताको सेवा कसरी सम्भव हुन्छ।’ थला परुञ्जेल राजनीति गरिरहने चलनको अन्त्य हुनुपर्नेमा उनले जोड दिए।

सत्ता गठबन्धनबाट रुपन्देही–३ (क) का उम्मेदवार सन्तोषकुमार पाण्डेयले स्वास्थ्य उपचारमा ध्यान दिनुपर्ने बताए। ‘अहिले बोहोरालाई भ्वाइस होइन, बेड रेष्ट नै जरुरी हो’, उनले भने, ‘उहाँको स्वास्थ्य लाभको कामना गर्दछु।’ 

यता मतदाताले समेत बोहोराको स्वास्थ्य अवस्थाबारे जानकारी नगराएकोमा दुःख व्यक्त गरेका छन्। ‘हामीलाई केही दिनमा उहाँ बोल्नु हुन्छ भनियो’, भैरहवाको मिलनचोकका एक स्थानीयले भने, ‘मतदानको मिति नजिकै आयो, उहाँ बोल्नु हुन्न।’ 

निर्वाचनपछि उहाँ बोल्नु हुन्छ भनेर गरिएको प्रचारप्रति टिप्पणी गर्दै उनले भने, ‘चुनाव सकिएपछि नेतासित हाम्रो भेट हुँदैन।’

कात्तिक २८, २०७९ सोमबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।