आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको कारण वर्षा र हिमपात हुने भएको हो।

यतिबेला सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कात्तिक २८, २०७९ सोमबार ०८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।