पहिले घरनिकाला गरेर अहिले सम्बन्धविच्छेदको मुद्दा

पहिले घरनिकाला गरेर अहिले सम्बन्धविच्छेदको मुद्दा

जनकपुरधाम: काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा नेहा चौधरीको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो। पंकज एमबीबीएस डाक्टर थिए।

प्रेमलाई लामो रूप दिन उनीहरूले घरपरिवार सँग कुरा गरे। घरपरिवार बाट आफूले सोचेजस्तै साथ पाएकोमा नेहा खुशी थिइन्। प‌ंकचका बाले आफ्नो छोरालाई डाक्टर पढाउन लागेको सबै खर्च नेहाका बा सँग मागे। त्यसपछि नेहाका बाले केटा पक्षलाई ५१ लाख रुपैयाँ दियो।

२०७७ फागुन ६ गते इंगेजमेन्ट गरेका उनीहरूको २०७८ फागुन २५ गते नेपाली धार्मिक परम्परा अनुसार जनकपुरको राजदरबार होटलमा धुमधामसँग विवाह पनि भयो। नेहाका अनुसार विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च भएको थियो।

श्रीमान एमबीबीएस डाक्टर। काठमाडौंको नामी अस्पताल ग्राण्डी र नर्भिकमा काम गर्ने। हुनेखाने खानदान, जेठाजु–जेठानी अमेरिका। नेहालाई कुनै चिन्ता थिएन। विवाह गरेको दुई महिना सम्म ठिकठाक चलेको नेहाको घरवार एक्काशी बिग्रन थाल्यो। उनलाई उनकी सासू गोदावरी देवी चौधरीले बारम्बार मानसिक तनाब दिन थालिन्।

सासूले अनाश्वयक श‌ंका गर्ने श्रीमान्ले वेवास्ता सहित हातपात गर्न थालेपछि उनलाई पागल समेत भनेर नेहाकी सासूले नेहाको घरमा फोन गरेर छोरी लैजानुस् भन्न थालिन्। उनले पढ्ने इच्छा व्यक्त गर्दा,श्रीमान् सँगै काठमान्डू जान्छु भन्दा उल्टै उनीमाथि अर्धचेत हुने गरी कुटपिट हुन थाल्यो। हात बाँधेर ताल्चा लगाएर कोठाभित्र थुनिदिएको समेत नेहा  बताउँछिन्। 

घरेलु हिंसा विरुद्धको जाहेरीमा दुई दिन सम्म थुनामा परेका पंकचले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको नेहा बताउँछिन्।

आफूमाथि अन्याय भएको भन्दै शुक्रबार दिउँसो साढे ११ बजे फेसबुकमा लामो स्टाटस लेखेकी नेहाको यस विषयले अहिले सामाजिक सञ्जालमा धेरै चर्चा बटुलेको छ।

कात्तिक २७, २०७९ आइतबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।