नेपाल भित्रियो फोर्ड ‘नेक्स्ट–जेन रेन्जर र्यापटर’, मूल्य कति ?

काठमाडौं : रेन्जर र्यापटरको नयाँ संस्करण ‘नेक्स्ट–जेन रेन्जर ¥यापटर’ नेपाली बजारमा आएको छ।
फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाइन तथा इन्जिनियर गरिएको गाडीमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरू राखिएको कम्पनीको दाबी छ।
अफ–रोडका लागि विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको गाडी नयाँ ट्वीन–टर्वो ३.० लिटर इकोबुस्ट भी६ पेट्रोल इन्जिन जडित हो। यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ।
फोर्ड पर्फमेन्स मापदण्ड अनुरुप गरिएको, १०–स्पीड अटोमेटिक ट्रान्समिसनयुक्त गाडीको नयाँ इन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्ने कम्पनीको दाबी छ।
कम्प्युटर एडेड इन्जिनियरिङ्गको माध्यमबाट सक् ट्युन गर्ने, भल्भहरू ट्युन गर्ने जस्ता कामले ड्राइभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गर्ने कम्पनी बताउँछ।
गाडीमा सातवटा ड्राइभ मोडहरू छन्। अन–रोडको लागिनर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडको लागि रक क्रल, स्याण्ड, मड एण्ड रट्स र बाजा।
नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरूको ध्यानमा राखी डिजाइन गरिएको गाडीमा इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सीटहरूमा रहेको फोर्ड पर्फमेन्स ‘कोडओरेन्ज’ एक्सेन्टलाई र्यापटरको एम्बियन्ट लाइटिङले बृद्वि गरिएको छ।
गाडी पूर्ण रूपमा डिजिटल क्याबिनको साथ उपलब्ध छ, उच्च रिजोल्युसन १२.४ इन्च डिजिटल क्लस्टर र १२ इन्चको टचस्क्रिन यहाँ जडान गरिएको छ। अन्य सुविधाहरूमा अपफिटर स्वीचहरू र अफ–रोड स्क्रिन समावेश छन्।
फोर्ड रेन्जर र्यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रे सहित चार आकर्षक रंगहरूमा उपलब्ध छ। नेपाली बजारमा ३.० लि. भी६ पेट्रोल र १०–स्पीड अटोमेटिकनेक्स्ट–जेन रेन्जर र्यापटरको मूल्य २ करोड १५ लाख तोकिएको छ।
कात्तिक २७, २०७९ आइतबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।