गए रातिकाे भूकम्पले एक जनाकाे मृत्यु, गाउँपालिकाले दियाे २० हजार किरिया खर्च

गए रातिकाे भूकम्पले एक जनाकाे मृत्यु, गाउँपालिकाले दियाे २० हजार किरिया खर्च

बैतडी : गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन्।

हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए।
 
उनले भने, ‘भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो।’

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप २० हजार रूपैयाँ र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए।

उनले भने, ‘आर्थिक अवस्था निकै नाजुक रहेको छ, तत्काल २० हजार रूपैयाँ किरिया खर्च र खाद्यान्नलगायत बन्दोबस्तको सामग्री पीडितको घरमै पुगेर हस्तान्तरण गरेका हौं।’

गए राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५।४ रेक्टर स्केलको भूकम्प गएको थियो।

कात्तिक २७, २०७९ आइतबार १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।