१२ वर्षपछि इंग्ल्याण्डलाई पुन: विश्वकपकाे उपाधि, पाकिस्तानकाे ३० वर्षदेखिकाे सपना अपूराे

१२ वर्षपछि इंग्ल्याण्डलाई पुन: विश्वकपकाे उपाधि, पाकिस्तानकाे ३० वर्षदेखिकाे सपना अपूराे

काठमाडौं : अस्ट्रेलियामा भएको आईसीसी ट्वेन्टी–२० विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको छ।

फाइनलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै १२ वर्षपछि इंग्ल्याण्डले उपाधि जितेको हो। यसअघि उसले सन् २०१० मा अस्ट्रेलियालाई पराजित गर्दै उपाधि जितेको थियो।

उता ३० वर्षअघिको इतिहास दोहोर्याउने पाकिस्तानको चाहना पूरा हुन पाएन। पाकिस्तानले यसअघि सन् १९९२ मा ट्वेन्टी–२० विश्वकपको उपाधि जितेको थियो।

१३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्डले ६ बल बाँकी छँदै पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो।

उसका लागि जस बटलरले २६, ह्यारी ब्रोकले २०, मोइन अलीले १९, फिल साल्टले १० रन बनाएर आउट हुँदा बेन स्टोक्स र लिम लिभिङ्स्टिनले अविजित रहँदै क्रमशः ५२ र १ रन बनाए।

बलिङमा पाकिस्तानका हरिस रौफले दुई तथा शाहिन साह अफ्रिदी, साहदब खान र मोहम्मद वसीमले समान एक–एक विकेट लिए।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो।

उसका लागि सान मसुदले सर्वाधिक ३८, कप्तान बाबर आजमले ३२, साहदब अहमदले २०, मोहम्मद रिजवानले १५ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ इंग्ल्याण्डका साम करनले तीन, अदिल रसिद र क्रिस जोर्डन समान दुई–दुई तथा बेन स्टोक्सले एक विकेट हात पारे।

जितसँगै इंग्ल्याण्डले १६ लाख अमेरिकी डलरको पुरस्कार पाएको छ भने पाकिस्तानले ८ लाख डलरमा चित्त बुझाएको छ।

कात्तिक २७, २०७९ आइतबार १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।