थपिए १५ जना कोरोना संक्रमित

काठमाडौं : १५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका हुन्।
१ हजार ९८५ वटा नमुनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ५१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कात्तिक २७, २०७९ आइतबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।