रवि लामिछानेको घरदैलोमा रहेको गाडीमाथि तोडफोड

रवि लामिछानेको घरदैलोमा रहेको गाडीमाथि तोडफोड

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमाथि तोडफोड भएको छ।

 

घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीले बताए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिएको छ।

कात्तिक २७, २०७९ आइतबार १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।