गाभिँदै ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू

काठमाडौं। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन्।
मर्जरमा जाने निर्णय गरेका दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो।
दुवै बैंकले गत २ असारमा मर्जरमा जान सम्झौता गरेका थिए। मर्जरपछि उक्त बैंकको कुल चुक्तापुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० रुपैयाँ पुग्नेछ।
कात्तिक २७, २०७९ आइतबार १६:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।