शेयर बजारमा दोहोरो अंकको गिरावट, होटल तथा पर्यटनबाहेक सबै उपसूचक ओरालाे लाग्याे

काठमाडौं : साताको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।
आइतबार बजार परिसूचक नेप्से १०.५४ अंक (०.५६ प्रतिशत)ले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ।
नेप्सेसँगै होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट भएको छ। होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले वृद्धि भएको छ।
आइतबार हाइड्रोपावर, व्यापार र लघुवित्त उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ। नेप्से लगातार घट्दै जाँदा कारोबार रकम पनि घटेको छ।
यस दिन नेप्सेमा २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक १० करोड ३९ लाख ६ हजारको कारोबार हुँदा निर्धन उत्थान लघुवित्तको २ करोड ४० लाख ५२ हजार र नबिल बैंकको २ करोड ३८ लाख २६ हजारको काराेबार भएको छ।
कात्तिक २७, २०७९ आइतबार १५:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।